• Wednesday 7th of October 2026

आठ दिन रुसमा हुँदा आफ्नै सरकारले जासुसी गरेकाे अमेरिकी पत्रकार टकरको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । आफू आठ दिन रुसको राजधानी मस्कोमा हुँदा अमेरिकी सरकारले आफूमाथि जासुसी गरेको अमेरिकी पत्रकार टकर काल्र्सनले दाबी गरेका छन् । एक पडकास्टरसँग कुरा गर्दै काल्र्सनले यस्तो बताएका हुन् ।आफूले सन् २०२१ मै पुटिनसँग अन्तरवार्ताको तयारी गर्दा अमेरिकी जासुसी निकायले सूचना चुहाएर मिडियामा दिएको भन्दै काल्र्सनले आफू केही अगाडि मस्को पुग्दा पनि जासुसीमै पुगेको बताएका छन् ।

आफू जस्ता करदाताको पैसा आफूहरुमै दुरुप्रयोग भएको उनले आरोप लाएका छन् । खासगरी मस्कोको फोर सिजन होटलमा अमेरिकाका निर्वासित अधिकारी एनोड स्नोडेनसँगको कुराकानी पनि अमेरिकाको जासुसी गरेको काल्र्सनले बताएका छन् । उनले पडकास्टर लेक्स फ्रिडमेनसँग तीन घण्टाको पडकास्ट कुराकानीमा उनले यस्तो बताएका हुन् ।

अमेरिका जस्तो स्वतन्त्र मानिएको देशले पनि उनी जस्ता नागरिकको जासुसी गरेको उनले बताएका छन् । उनको यो दाबीलाई रुसी सरकारी मिडिया आरटीले प्राथामिकताकासाथ समाचार बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖