• Tuesday 6th of October 2026

अभिनेत्री आँचल तिवारीले भनिन्– म दुर्घटनामा मरेकी छैन!


  • धनकुटा खबर
  • .

‘पञ्चायत २’ अभिनेत्री आँचल तिवारीले आफू जिउँदै रहेको बताएकी छन्।

केही दिनअघि आँचलसहित दुर्घटनामा ४ जना भोजपुरी कलाकारको निधन भएको खबर बारिएको थियो। तर उक्त खबरको आधिकारिक पुष्टी भएको छैन।

यस्तैमा अभिनेत्री आँचलले आफ्नो मृत्युको समाचारको खण्डन गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘म जिउँदो छु।’

आँचलले अभिनय गरेको वेब सिरिज ‘पञ्चायत २’ सन् २०२२ मा रिलिज भएको थियो। अब उनी ‘पञ्चायत ३’ मा देखिँदैछिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖