धनगढी । कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ ।
लम्कीचुहा नगरपालिका ४ का ११ वर्षीय बालक धिरेन्द्र थापामाथि हँसिया प्रहार गरिएको हो ।
इलाका प्रहरी कार्यालय लम्कीले भीमबहादुर थापाका ११ वर्षीय छोरा धिरेन्द्रमाथि स्थानीय ४५ वर्षीय प्रेमबहादुर विष्टले हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ ।
थापाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेका छ । विष्टलाई प्रहरीले पक्राउ गरेको छ । विष्ट मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जानकारी दिएको छ ।-प्रेसपत्र
