• Tuesday 6th of October 2026

शाहरुखकी अभिनेत्री विवाहको तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । शाहरुख खानको फिल्म ‘डंकी’ मा दमदार अभिनय गरेकी बलिउड अभिनेत्री तापसी पन्नु विवाहको तयारीमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तापसी पन्नुले १० वर्ष डेट गरेपछि ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गर्न लागेकी छिन् ।

मथियास बो र तापसी पन्नुले सन् २०२४ को मार्च महिनामा विवाह गर्न सक्नेछन् ।

यो जोडीले राजस्थानको उदयपुरमा शाही शैलीमा विवाह गर्न लागेको रिपोर्टमा उल्लेख छ ।

सिख र क्रिस्चियन परम्परा अनुसार विवाह हुने भएको छ ।

तर दुवैको विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖