• Tuesday 6th of October 2026

भारतीय क्रिकेटरको तलब एकदेखि सात करोडसम्म


  • धनकुटा खबर
  • .

काठमाडौँ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३-२४ मा खेलाडीको सेन्ट्रल कनट्र्याक्ट सार्वजनिक गरेको छ । बिसीसीआईले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कनट्र्याक्ट क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।

त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र ईशान किशनलाई बोर्डले सेन्ट्रल कनट्र्याक्ट बाहिर राखेको छ । सेन्ट्रल कनट्र्याक्टको ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रवीन्द्र जडेजा रहेका छन् । उनीहरूले बोर्डबाट वार्षिक ७ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यस्तै ग्रेड ए मा आर आश्विन, मोहमद शामी, मोहमद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्डेय रहेका छन् । उनीहरूले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउने छन् । त्यसैगरी ग्रेड बी मा सूर्यकुमार यादव, ऋषव पन्त, कुलदीप यादव, अक्सर पटेल र यशस्वी जैसवाल रहेका छन् । उनीहरूको वार्षिक पारिश्रमिक ३ करोड भारु रहेको छ ।

त्यस्तै ग्रेड सी मा रिंकु सिंह, तिलक बर्मा, रुतुराज गायकवाड, श्रदुल ठाकुर, शिभम दुवे, रवि विश्नोई, जितेश शर्मा, वाशिंटन सुन्दर, मुकेश कुमार, संजु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्ण, अभेश खान र रजत पाटीदार रहेका छन् ।

उनीहरूले वार्षिक एक करोड भारु पारिश्रमिक पाउने छन् । साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलेमा उनीहरुपनि ग्रेडमा रहने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖