• Wednesday 7th of October 2026

संविधानमै गर्भपतनको अधिकार दिने विश्वको पहिलो देश बन्यो फ्रान्स


  • धनकुटा खबर
  • .

काठमाडौँ : फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ। बीबीसीका अनुसार फ्रान्स संविधानमै गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ। फ्रान्सेली संसद्‌का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरे। गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।

यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ। फ्रान्सको संसद्‌मा यो संशोधनका पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो। संशोधन पारित हुनेबित्तिकै संसद्‌का सदस्यहरूले उठेर स्वागत गरेका थिए।

संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भनेका छन्। उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए।

तर, गर्भपतन विरोधी संगठनहरूले सरकारको यो कदमको विरोध गरेका छन्। रोमन क्याथोलिक चर्चको मुख्यालय भ्याटिकन पनि यसको विरुद्धमा छ। फ्रान्समा गर्भपतन कानुनी छ, तर देशका ८५ प्रतिशत जनताले यसलाई संविधानमा ग्यारेन्टी गर्न चाहन्थे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖