• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

२० रन बनाउँदै पेभेलियन फर्किए कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।

उनी २० रन बनाउँदै आउट भएका हुन् । यस क्रममा उनले केवल १० बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका बलर भान डर गुटेनले बोल्ड गरेका हुन् । ३।३ ओभरमा उनी आउट हुँदा नेपालले २३ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖