• Wednesday 7th of October 2026

परिचय गर्ने बहानामा विश्वकप खेलाडीमाथि आक्रमण


  • धनकुटा खबर
  • .

एजेन्सी । फिफा विश्व कप खेलिसकेका दक्षिण कोरियाका एकजना फुटबल स्टार अज्ञात व्यक्तिको आक्रमणबाट सख्त घाईते भएका छन् । अवकाशप्राप्त फुटबल स्टार ली चुन-सू निर्वाचन प्रचारको क्रममा रहेका बेला परिचय गर्दै आएका अपरिचित व्यक्तिको आक्रमणमा परेका थिए ।

दक्षिण कोरियामा आउँदो अप्रिल महिनामा आमनिर्वाचन हुँदैछ । त्यसका लागि सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) का पूर्व भूमिमन्त्री वोन हे-र्योङका लागि प्रचार गरिरहेका बेला फुटबल स्टार ली चुनलाईअज्ञात व्यक्तिले घुँडाले हानेका थिए ।

हिजो बिहीबार बिहान यो आक्रमण भएको थियो । फुटबल स्टार चुन वोनको चुनावी अभियानको क्रममा पश्चिमी शहर इन्चेनको ग्याङ स्टेशनमा यात्रुहरूलाई अभिवादन गर्दै थिए ।

आक्रमणकारी चुनसँग हात मिलाउन भिडलाई छिचोल्दै नजिक गएका थिए । त्यसपछि उनले लीको हात समातेर लीको तिघ्रामा घुँडाले हानेका थिए । समर्थकहरूले हस्तक्षेप गर्ने प्रयास गरे पनि ती अज्ञात व्यक्तिले लीलाई थप हानि पुर्‍याउने प्रयास गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

कोरियाको २००२ को विश्वकपको सेमिफाइनल टोलीका एक स्टार लीले गत महिना आफ्नो प्रायोजन संघको अध्यक्षको पदभार ग्रहण गरेदेखि वोनको अभियानमा सहयोग गर्दै आएका छन्। प्रहरीले आक्रमणको सीसीटीभी फुटेज प्राप्त गरेपछि आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । ‘यो सरासर अपराध हो। यो अस्वीकार्य छ,यस्तो घटना फेरि नदोहोरियोस् भनेर हामी सबै उपाय अवलम्बन गर्नेछौं’ प्रहरीले जनाएको छ ।

बिजुली ड्रिल गर्ने सामान बोकेका अर्को व्यक्तिले त्यही दिन फुटबलर लीलाई धम्की दिँदै उनको परिवार कहाँ बस्छ भनेर थाहा पाएको दाबी गरेको प्रहरीलाई सूचना मिलेको त्यहाँको सरकारी समाचार एजेन्सी योनहापले उल्लेख गरेको छ । निर्वाचनका प्रतिष्पर्धीले आफ्नो प्रभाव खस्किन नदिन लोकप्रिय प्रचारकलाई तर्साएको हुनसक्ने एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖