• Sunday 4th of October 2026

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या १,०३७ पुग्यो, हजारभन्दा बढी व्यक्ति घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । मध्य मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ३७ पुगेको छ । एक हजारभन्दा बढी व्यक्ति घाइते भएका त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाइतेमध्ये ७२१ जनाको अवस्था गम्भीर छ ।

मोरक्कोमा गएको यो दशकयताकै सबैभन्दा घातक भूकम्प भएको सीएनएनले उल्लेख गरेको छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।
भूकम्पको केन्द्रविन्दु एटलस पहाडमा थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖