• Tuesday 6th of October 2026

एलिना चौहानले माफी नमागेसम्म सहभागी कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा


  • धनकुटा खबर
  • .

आधा दर्जन साउण्ड सिस्टम व्यवसायीले गायिका एलिना चौहानले माफी नमागेसम्म उनी सहभागी कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेका छन् ।

जि. के. साउण्ड सिस्टमका गमबहादुर क्षेत्री, एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा फागुन २० गते गायिका एलिना चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै खेद प्रकट गरेका हुन् ।

विज्ञप्तिमा लेखिएको छः त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖