• Tuesday 6th of October 2026

अजयसँग भिड्दै अक्षय


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय अभिनेता अक्षय कुमार र टाइगर श्राफको एक्सन ड्रामा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ यस वर्ष आउँदैछ ।

फिल्म इद २०२४ को अवसरमा रिलिज हुने बताइए पनि निर्माताले अहिलेसम्म निश्चित मिति भने खुलाएका छैनन् ।तर यससँगै अभिनेता अजय देवगनको फिल्मसँग टाइगर श्राफ र अक्षय कुमारको फिल्मको प्रतिस्पर्धा तय भएको छ ।

अजय देवगनको फिल्म ‘मैदान’सँग अक्षय कुमारको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ भिड्ने तयारीमा छ ।

अजय देवगन पनि २०२४ को ईदमा आफ्नो स्पोर्ट्स ड्रामा फिल्म ‘मैदान’ लिएर थिएटरमा आउन लागेका छन् ।

चाखलाग्दो कुरा के छ भने दुवै फिल्मको रिलिज मिति भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖