• Sunday 4th of October 2026

अन्तिम संस्कारमा सहभागीलाई ट्रकले ठक्कर दिँदा पाँचजनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसलाई ट्रकले ठक्कर दिँदा पाँचजनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

कहरामनमारस–अन्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकानुसार गत वर्ष एक लाख ९७ हजारभन्दा बढी सवारी दुर्घटनामा पाँच हजार २२९ जनाले ज्यान गुमाएका थिए । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖