• Sunday 4th of October 2026

आनो कसरी आउछ ? के गर्ने रोकथाम ?


  • धनकुटा खबर
  • .

स्टाइ (stye)
स्टाइ भनेको आँखाको परेलीमा हुने एकप्रकारको इन्फेक्शन हो जसमा रातो दुख्ने दाना जस्तो चीज परेलीको किनार मा आउँछ। कहिले काँही आँखा धेरै सुनिने पनि हुन सक्छ। एसलाई सामान्य भाषा मा आनो आउने पनि भनिन्छ ।
यो परेली को किनार मा हुने ग्लैंड मा एक प्रकार को स्ताफैलोकोकल ब्याक्टेरिया को इन्फेक्शन ले गर्दा हुन्छ।

लक्ष्यनहरु:
आँखाको किनार मा दुख्ने
आँखा बाट आँशु धेरै आउने
आँखा चिलाउने
आँखा बाट चिप्रा (डिस्चार्ज) निस्किने
प्रकाशमा हेर्न गार्हो हुने

एन्टीबायोटिक ड्रोप दिनमा ३-४ बार
एन्टीबायोटिक ट्याब्लेट – जरुरत अनुसार
स्टेरोइड को सुइ – जरुरत अनुसार
कहिले काहीं सानो चिरा लगाएर पीप निकाल्नु पर्ने हुन सक्छ
दुखाइ कम गर्ने ट्याब्लेट
स्टाइ को सीस्तेमीक कारण को उपचार ( जस्तै मधुमेह)
स्टाइ को रोकथाम :

आँखा सफा राख्ने। सफा पानी ले धुने।
पुरानो गाज़ल, मस्कारा हरु को प्रयोग नगर्ने, र धेरै जनाले एउतै प्रयोग नगर्ने।
फोहोर हातले आँखा नछुने वा नमिच्ने।
कन्ट्याक लेन्स को सहि प्रयोग : लगाउनु र निकाल्नु अगाडी हात राम्ररी धुने, लेन्स लाई राम्ररी डिसइन्फेक्त गरेर मात्र प्रयोग गर्ने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖