• Monday 5th of October 2026

प्रेमिकाका कारण रेडियो देशान्तरमै झुण्डिए पत्रकार


  • धनकुटा खबर
  • .

काठमाडौँ । रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालय भवनमै झुण्डिएर देहत्याग गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा रहेको रेडियो देशान्तरको कार्यालय भवनमा उनी झुण्डिएका हुन् ।

शुक्रबार राति साढे १ बजेतिर पाँचौ तलाको कार्यालयको रेलिङमा झुण्डिएर देहत्याग गरेका हुन् । दैलेख स्थायी घर भएका पौडेल २१ वर्षका थिए । पौडेलको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

युवराजले फेसबुक र टिकटकमा प्रेमिकाको फोटोसहित क्याप्सन लेखेका छन् । फेसबुक र टिकटकमा उनले प्रेमिकाले छाडेका कारण आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

उनले आत्महत्या अघि फेसबुकमा लेखेका छन, ‘बधाइ छ धोकेबाज निष्ठुरी जन्मदिने आमाबाबा भन्दा बढी विश्वास गरेको थिए तर आज एक्कासी मर्न बाध्य बनायौ है सानु ल अब त जिन्दगीभर खुशी हुन्छौ होला त है अहिले मलाइ ट्याग गर्छ भनेर ब्लक गरेका छौा है थाहा थियो त कति माया गर्छु भन्ने कुरा सायद जीवनमा तिमीलाइ पाउनको लागि एति रोए कि जुन म बाल्यकालमा पनि रोएको थिएन तर पनि मलाइ बुझ्ने प्रयास कहिल्यै गरिनउ है । ठीकै छ तिम्रो लागि मर्ने भनेर जन्मिएको रहेछु सानु बाइबाइ मैले लेख्ने शब्द धेरै छन तर कहिल्यै सकिदैन तर लेख्न सक्दैन सरि अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ जहाँ तिमीले मलाइ देख्ने छौँ भेट्ने छौँ तर मैले तिमीलाइ भेट्ने छैन बोल्ने छैन, देख्ने छैन अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ ।’-गण्डकन्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖