मेथी दानामा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यस्को सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ। मेथीदानामा रहने गुणका कारण मनिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ। मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ।
यस्ले भोक जगाउँदछ। मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छमेथीको सेवनबाट वायु (गैस, कफ (बलगम) तथार ज्वर (बुखार) निर्मुल हुन्छ। वात रोग (जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई मट्ठा-महिको साथमा पिउँनाले फाइदा हुन्छ।विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न। खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न । मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ ।
कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ।मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ । मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।मेथीको तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ । मेथीमा हुने पाचक एंजाइमले भोक बढाउँदछ ।
मेथीले ग्यास, कफ तथा ज्वरो नास गर्दछ । पेटमा वायु,पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडा निर्मुल पार्दछ । मेथीको सेवनबाट स्त्री जातिमा हुने कमजोरी हटाएर शरीरमा शक्ति प्रदान गर्दछ ।बच्चा जन्मे (प्रसूति) पछी गर्भाशयमा कुनै कमी भएमा वा गर्भासय ठिकसँग संकुचन नभएमा स्तनमा पीडा भएमा वा अन्य कुनै प्रकारका दुखाइमा लाभप्रद हुन्छ ।
यस्को सेवनबाट बन्द भएको मासिक धर्म फेरी सुचारु हुन थाल्दछ । स्तनमा दुधको मात्रा बढ्दछ । सन्धिवात अर्थात जोर्नीको दुखाई भएमा मेथीको साथमा गुड आँटा मिलाएर लड्डूको सेवन गर्ने गरिन्छ ।मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ। यस्को उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट संबंधी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ । मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ ।
मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु-मूत्र ,पथरी,टांसिल्स,रक्त-चाप तथा मानसिक तनाव तथा गर्भ-निरोधकको रुपमा लाभप्रद हुन्छ। मेथी ( दाना ) लाई सागको रुपमा दैनिक सेवन गर्न सकिन्छ । मेथी दानाको चुर्ण तीन ग्राम दहीमा मिलाएर खानाले आंव को बिमारीमा लाभ हुने र यस्को अतिरिक्त यस्ले पिसाब अत्यधिक आउँन रोकिन्छ ।
उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउँने तथा महिलाको सौन्दर्यमा निखार ल्याउँन मदत गर्दछ । आँखाको तल कालोपन मेटाउँनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न ।मेथी दाना रातभर पानीमा भिजाएर विहान यस्लाई पिंधेर यस्को पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ । मेथी दाना पिंधेर यस्को लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ ।
ताजा मेथीको पातलाई पिंधेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा झुर्रियां चाउरी परेको निर्मुल हुन्छ । उमेर बढेको प्रकृया कम गर्न तथा महिलाको सौन्दर्य निखार्न तथा कपालमा भएको चाया हटाउँन मेथीको पेष्ट बनाएर लगाउँने र आधा घण्टामा सफा गर्नाले फाइदा जनक हुन्छ ।
मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन-तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढंगले लाग्ने गर्दछ ।
मेथी बवासीर ग्रस्त रोगीको लागि फाइदा जनक हुन्छ । पेटको छाला, आँतको सफाईको लागि दुई चम्मच मेथी एक कप पानीमा उमालेर मेथीको काढा बनाएर पिउँनाले लाभप्रद हुन्छ । मुखको छाल (खटिरा) ठिक गर्नको लागि मेथीको पातको अर्क तथा मेथीलाई पानीमा उमालेर चिसो भएको पानीले मुखको कुल्ला गरेमा फाइदा हुन्छ । कान बगेमा मेथीलाई दुधमा पिंधेर छानी हल्का तातो पारेर कानमा हालेमा कानबाट बग्न बन्द हुन्छ ।
पित्त दोषमा उमालेरको हरियो मेथीको पातलाई शुद्ध घिउमा तारेर खानाले फाइदा हुन्छ । मेथी पाउडरको सेवन दुधको साथमा गर्नाले मधुमेह ठिक हुन्छ । यस्मा रगत र पिसाबमा ग्लुकोजको मात्रा कम गर्ने विशेष गुण रहने भएकाले डायबिटिजमा विशेष गुणकारी हुन्छ ।
मेथीको काढा कानको दुखाई, सर्दी, मिर्गी, लकवा तथा फालिज इत्यादि रोगमा लाभप्रद हुन्छ । नपुंसकता, कमजोरी, गठिया (जोर्नी दुखेको), मधुमेह, बाल रोग, कब्जियत, अनिद्रा, मोटापा, रक्तातिसार तथा जलन आदि रोगमा मेथीको सेवन लाभप्रद र हितकारी हुन्छ ।
कपाल झर्न रोक्छ : मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
चायाँबाट मुक्ति : यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ। टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ ।
डन्डीफोर नियन्त्रण : मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
