• Wednesday 7th of October 2026

कार्गो विमान दुर्घटना : चालक दलका सदस्यसहित १५ जनाको ज्यान गयो


  • धनकुटा खबर
  • .

एजेन्सी – रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ ।

विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

विमानमा आठ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा हिजो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖