• Tuesday 6th of October 2026

कुन उमेरमा जन्माएको बच्चा हुन्छन् सबै भन्दा स्वस्थ ? जानी राख्नुहोस्


  • धनकुटा खबर
  • .

स्वास्थ्यको आधारमा विवाह पछि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष रहेको छ । एक महिलाको जति उमेर बढ्दै गयो जोखिम पनि उत्तिकै थपिदै जान्छ । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने ३५ वर्ष सम्मका महिलाले बच्चा जन्माउन सक्छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेर बच्चा जन्माउनु पनि आमा र बच्चा दुवैको लागि खतरनाकर हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ ।बच्चा कुन उमेरमा जन्माउँदा उचित हुन्छ भन्ने विषयमा सोच्दै हुनुहुन्छ भने २० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृत्यु हुने जोखिम बढी हुन्छ । ढिलो विवाह गर्ने पुरुषहरुमा प्रजननशक्तिमा कमजोरी आउँछ । यस्ता पुरुषको शुक्राणुमा गति हुँदैन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖