• Sunday 4th of October 2026

भारत र अमेरिकाले विश्व व्यापार संगठनमा आफ्नो पछिल्लो विवाद सुल्झाए


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटीओ) मा पोल्ट्री उत्पादनको मुद्दामा भारत र अमेरिकाले पछिल्लो पटक विवाद समाधान गरेका छन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यससँगै दुवै देशले विश्व व्यापार संगठनमा विचाराधीन सातवटै व्यापार विवाद आपसी सहमतिमा समाधान गरेका छन्।

दुवै देशले एक संयुक्त वक्तव्य पनि जारी गरेका छन् जसमा भनिएको छ, “दुवै देशले डब्लुटीओमा भारत र संयुक्त राज्य अमेरिकाबीच विचाराधीन सातौं र अन्तिम विवादको समाधानको स्वागत गर्दछन् । जुन, २०२३ मा छवटा द्विपक्षीय व्यापार विवादको समाधान पछि यो पनि समाधान भयो। ”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दिल्लीमा भएको भेटपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । जी–२० शिखर सम्मेलनका लागि राष्ट्रपति जो बाइडेन दुई दिने भारत भ्रमणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖