• Tuesday 6th of October 2026

चिनीको सट्टा गुडको चिया पिउनुहाेस्, शरीरमा देखिनेछ यस्ता परिवर्तनहरु !


  • धनकुटा खबर
  • .

सबैजसाेकाे बिहानकाे सुरूवात एक कप तातो चियाबाट हुने गर्छ । यस्तो अवस्थामा चिनीको चियाको सट्टा गुडको चिया पिउनाले न्यानोपन मात्र नभई ताजगी र उर्जाले भरिनेछ। पौष्टिक तत्वले भरिपूर्ण गुड हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसलाई जाडोको सुपरफुड मानिन्छ ।महिनावारीको समयमा पेट दुख्ने र दुखाइ कम गर्न गुडको चिया लाभदायक हुन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले तनाव कम गर्छ र शरीरलाई आराम दिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : गुडमा धेरै प्रकारका भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।गुडको चिया नियमित पिउनाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जुन कुनै पनि व्यक्ति स्वस्थ रहनको लागि महत्वपूर्ण हुन्छ।रोग प्रतिरोधात्मक क्षमताले शरीरलाई संक्रमण र रोगसँग लड्न मद्दत गर्छ। जब हाम्रो शरीर पर्याप्त प्रतिरोधात्मक क्षमताले सुसज्जित हुन्छ, यसले भाइरस, ब्याक्टेरिया र अन्य संक्रमणहरू फैलिनबाट रोक्न सक्षम हुन्छ।

एनीमियामा राहत : गुड एक प्राकृतिक खाना हो, जसमा फलामको मात्रा प्रशस्त पाइन्छ । दैनिक गुडको सेवनले आइरनको कमीलाई पूरा गराउँछ । जसले रक्तअल्पताबाट राहत दिन्छ । गुड मिसाएर चिया पिउँदा एनिमियाबाट राहत मिल्छ।

गर्भावस्थाको समयमा लाभदायक : गर्भावस्थामा गुडको चिया पिउँदा महिलालाई कमजोरी महसुस हुँदैन । गुडमा क्यालोरी, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन जस्ता पोषक तत्व पाइन्छ ।गुडको चियाले गर्भावस्थाको समयमा कमजोरी कम गर्छ र आमा र बच्चा दुवैको लागि ऊर्जाको राम्रो स्रोत हो। त्यसैले गर्भवती महिलाले दैनिक गुडको चिया पिउनुपर्छ ।

चिसोबाट बचाउँछ : जाडोमा लगातार गुडको चिया पिउनाले रुघाखोकी, ज्वरो जस्ता रोग लाग्दैन । त्यसैले जाडोमा लगातार गुडको चिया पिउनु निकै फाइदाजनक हुन्छ ।

गुडको चिया कसरी बनाउने : पानीले भरिएको भाँडोमा पानी र चिया पात र दूधलाई राम्ररी उमालेर ५-७ मिनेट उमालेर आगो निभाएर अब त्यसमा गुड़ हाल्ने । त्यसपछि चिया पिउनुहोस्, यसरी बनाएर चिया कहिल्यै बिग्रने छैन । एजेन्सीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖