• Wednesday 7th of October 2026

सिद्धु मूसेवालाको आमाले छोरालाई जन्म दिइन्


  • धनकुटा खबर
  • .

चण्डीगढ । स्वर्गीय पञ्जाबी गायक सिद्धु मूसेवालाको घरमा खुसी छाएको छ । उनकी आमा चरण कौरले छोरालाई जन्म दिएकी छिन् । मूसेवालाका बुबा बलकौर सिंहले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्।

सिंहले आफ्नो कान्छो छोराको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘शुभदीपलाई माया गर्ने करोडौं मानिसको आशीर्वादले अनन्त भगवानले शुभको कान्छो भाइलाई हाम्रो काखमा पठाइदिएका छन् । भगवानको आशीर्वादले आमा र छारा दुवै स्वस्थ छन् । अपार मायाका लागि सम्पूर्ण शुभचिन्तकहरूप्रति आभारी छु ।’

चर्चित पञ्जाबी गायब सिद्धु मूसेवालाको सन् २०२२ मा गोली हानी हत्या गरिएको थियो । सिद्धु मूसेवाला मातापिताका एक्लो सन्तान थिए । सिद्धुको मृत्युपछि उनका आमाबुवाले परिवारको उत्तराधिकारीका लागि आईभीएफ प्रविधिको साहारा लिएका थिए । सिद्धुका भाइ जन्मिएको खबरले यतिबेला मूसेवालाका फ्यानमा खुसीको लहर छाएको छ । सिद्धुका बुवाको यो पोस्टमा लाखौं लाइक र हजारौँ कमेन्टहरू आइरहेको छ ।

२०२२ को मे २९ मा पञ्जाबको मानसा जिल्लामा प्रसिद्ध पञ्जाबी गायक शुभदीप सिंह सिद्धु उर्फ सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । उनको हत्याको जिम्मेवारी गोल्डी बरार र लरेन्स बिश्नोईले लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖