• Tuesday 6th of October 2026

यि ५ रोगको अचुक औषधि हो गाउँमै पाइने दूधे झार,यस्ता छन् अन्य चमत्कारी फाइदाहरु !


  • धनकुटा खबर
  • .

गाउँमै पाइने दूधे झार का यति धेरै चमत्कारी फाइदा सामान्य जरो देखि ठूलो रोग पनि हुन्छ निको । अहिले मानिसहरु चिकित्स उपचार पद्धतिमा मात्र भर नपरी आयुर्वेदिक पद्धतिइ पनि अगालिरहेका छन् ।किन भने चिकित्सा पद्धतिका धरै साइड इफेट रहेको हुन्छ त्यसैले बजारमा अहिले थुपै जडिबुटी औषधि पाइने गर्दछन। आज हामी तपाइलाई हाम्रो वरपर पाइने दुधे झारको बारेमा हामी चर्चा गछौ। जुन झारको प्रयोगबाट थुपै रोगको उपचार गर्न सकिन्छ।

दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ। यसको बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने गर्दछ। किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुन्छ।उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन्।

आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ। साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टि डायरिया) गुण पाइन्छ। साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।
उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो। यो विरुवा उमालेर

चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ। यस बिरुवाको पानी रस (आक्वायोस् एक्सट्राक्ट) मा एनजियोलाइटिक, एनाल्जेस्टिक, एन्टिपाइरेटिक र एन्टिइन्फ्लामेटोरी गुणहरु पाइन्छन्।साथै यसमा एन्टिअक्सिडान्ट र फ्रि राडिकल स्काभेन्जिङ गुण हुन्छन्। अल्प रक्तचाप र डेंगु ज्वरोको उपचार तथा ब्लड प्लेटलेट्स बढाउन पनि यो प्रयोग गरिन्छ। यसको जराको काडा दुध राम्ररी नआउने सुत्केरी महिलाको लागि फाइदाजनक पाइएको छ। छालाको रोग तथा घाउको उपचारमा समेत यसको प्रयोग गरिन्छ।

कुनै पनि प्रकारको खोकीको उपचारमा यो बिरुवालाई पिसेर पाम तेलसंँग मिसाएर खुवाइन्छ। यसलाई तरकारीको रुपमा खुवाएर अल्सरको उपचार गरिन्छ। यो शक्तिशाली औषधीय बिरुवा हो त्यसैले यसको प्रयोग होशपूर्वक गर्नुपर्छ। अन्यथा निकासान पनि हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖