• Tuesday 6th of October 2026

अभिनेत्री कृति र पुलकितले गरे बिहे


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री कृति खरबन्दा र अभिनेता पुलकित सम्राट विवाह गरेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले शुक्रबार दिल्लीमा विवाह गरेका हुन्।

उनीहरूले शनिबार सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

कृतिले भ्यालेन्टाइन डेमा पुलकितसँग एक तस्बिर सार्वजनिक गर्दै विवाह गर्न लागेको संकेत गरेकी थिइन्। ‘हातमा हात राखेर मार्चमा साथ हिडौं,’ उनले लेखेकी थिइन्।

३० जनावरीमा कृति र पुलकितको रोका भएको थियो। उनीहरू पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖