• Wednesday 7th of October 2026

कुकुरजस्तो व्यवहार गर्ने गर्लफ्रेण्ड ! जोडीको अनौठो प्रेमकथा भाइरल


  • धनकुटा खबर
  • .

काठमाडौं । एक युवकले आफ्नी प्रेमिकालाई कुकुरजस्तै व्यवहार गर्न मन लाग्ने बताएका छन् । उनी कुकुरजस्तै हिँड्छिन् । यो घरमा मात्र सीमित छैन। उनी सार्वजनिक स्थानहरूमा पनि यसरी हिड्न मन पराउँछिन्।

२१ वर्षीया जेना अमेरिकाको टेक्सासमा बस्छिन् । उनले बाल्यकालमा ‘पप्पी प्ले’ नामक खेल खेल्न थालेकी थिइन् । र आज पनि यो खेल खेल्छिन्। उनले लभ कान्ट जज नामक युट्युब च्यानलमा आफ्नो बारेमा बताएकी हुन् ।

अहिले जेना आफ्नो ३० वर्षीय प्रेमी लोरेन्जोसँग बस्छिन्। लोरेन्जोका अनुसार प्रेमिकाले जस्तो व्यवहार गरे पनि उनी उनलाई धेरै माया गर्छन् । मानिसहरूले जेनाले यस्तो गरेकोमा आलोचना गर्छन्। जेना दुवै हात र खुट्टाले किन हिड्छिन् भन्ने प्रश्न उठाउँछन् ।

लोरेन्जो भन्छन्, ‘जब हामी मानिसहरूको बीचमा हुन्छौं, कहिलेकाहीं हामीलाई लाज लाग्छ। केटीले कुकुर जस्तै व्यवहार गर्छिन् भने यो अनौठो हुन्छ र ? मलाई यो अनौठो लाग्दैन। उसले चाहेको बेलामा उसलाई ध्यान दिन मन लाग्छ। उसलाई सुरक्षित महसुस गराउनु र सबैभन्दा महत्त्वपूर्ण कुरा उनलाई खुशी देख्नु हो।’

जेनाले थप भनिन्, ‘जब मैले पहिलो पटक लोरेन्जोलाई यसबारे बताएकी थिएँ, उनी कत्ति पनि लाज मानेनन् । उनलाई यो मन पर्यो। तर, जेना सामाजिक सञ्जालमा निकै ट्रोल भइन् ।

यसबारे जेना भन्छिन्, ‘मलाई थाहा छ कि मैले कसैलाई दुःख दिइरहेको छैन। म समस्यामा छैन। म इन्टरनेटमा मेरो जीवन शैली देखाउँदै छु र जसमा मानिसहरूले आफ्नो राय दिइरहेका छन्। कुकुर पार्कमा जानु मेरो मनपर्ने चीजहरू मध्ये एक हो। मलाई लाग्छ लोरेन्जो सबै भन्दा राम्रो मालिक हो। उसले मेरो हेरचाह गर्छ। मलाई आश्रयमा भएको सबैभन्दा भाग्यमानी घरपालुवा जनावर जस्तो लाग्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖