• Wednesday 7th of October 2026

के रामास्वामी ट्रम्पको उपराष्ट्रपति बन्लान् ?


  • धनकुटा खबर
  • .

वासिङ्टन । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने प्रयास गरेका विवेक रामास्वामी उपराष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पको विकल्प नरहेको बताइएको छ । समाचार एजेन्सी ब्लूमबर्गका अनुसार यदि डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बन्न सफल भए भने उनले रामास्वामीको स्थानमा अरू कसैलाई उपराष्ट्रपति बनाउन सक्छन् ।

समाचारअनुसार ट्रम्पले व्यक्तिगत रूपमा विवेक रामास्वामीलाई उपराष्ट्रपतिको पदका लागि आफ्नो रोजाइ नभएको स्पष्ट पारिसकेका छन्। रिपोर्टले विवेकको सञ्चार कौशल र भारतीय मूलका अमेरिकी भएकाले उनलाई होमल्याण्ड सेक्युरिटी (आन्तरिक सुरक्षा) मन्त्री बनाउन सकिने दाबी गरेको छ । यदि रामास्वामीले यो जिम्मेवारी पाएमा अध्यागमन नीतिलाई लिएर अमेरिकी सरकारको आलोचनाको सामना गर्न मद्दत गर्न सक्छ।

रिपब्लिकन पार्टीबाट तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएपछि ट्रम्पले हालै सरकार गठनमा कसलाई कुन पद दिने भन्ने विषयमा आफ्ना सहयोगीहरूसँग छलफल गरेका थिए ।

यसै क्रममा रामास्वामीको नाममा पनि चर्चा गरिएको थियो । ट्रम्पले वफादारी, वैचारिक मेलमिलाप र मत जुटाउने क्षमताका आधारमा विभिन्न पदका लागि उम्मेदवारको नाममा विचार गरिरहेको बताइएको छ ।

डग बर्गम, एलिस स्टेफानिक र रोबर्ट लाइटहाइजर क्याबिनेट पदका लागि ट्रम्प र उनको टोलीको छनोटमा रहेका छन् । ट्रम्प यस्तो व्यक्तिलाई उपराष्ट्रपति बनाउन चाहन्छन् जो लाइमलाइटबाट प्रभावित नहुन् तर उनलाई राष्ट्रपति जो बाइडेनविरुद्ध चुनाव जित्न मद्दत गर्नेछ। ट्रम्पका नजिकका व्यक्तिहरूका अनुसार अहिले चर्चामा रहेका कुनै पनि नाम उपराष्ट्रपति पदका लागि ट्रम्पको रोजाइमा परेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖