धनगढी । धनगढीमा नक्कली महसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको ।
आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ फनपार्क नजिकैबाट भारतीय नागरिक मोहम्मद साहरीको ३० वर्षीय छोरा जुमाइदिन अन्सारीलाई नक्कली महसहित निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको भेटिएपछि उक्त सामग्रीसहित पक्राउ गरिएको हो ।
प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाई र चिनी ५० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।
अखाद्य सामग्री उत्पादन तथा विक्रीवितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले आवश्यक बारबाहीका लागि जुमाइदिन अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियन्त्रणमा राखेको छ ।
