• Tuesday 6th of October 2026

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउँछ!


  • धनकुटा खबर
  • .

इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउने गरेको एक अध्ययनले देखाएको छ। अमेरिकन हार्ट एशोसिएसनले १८ मार्चबाट सुरु गरेको एक सेमिनारको क्रममा दिनको ८ घन्टा खानामा प्रतिबन्ध लगाउने बानीले ९१ प्रतिशत हृदयघातको जोखम बढाउने गरेको बताइएको हो। ३ दिनसम्म चल्ने उक्त सम्मेलनमा यस विषयमा थप छलफल हुनेछ।

एशोसिएसनले झन्डै २० हजार वयस्कहरूलाई अध्ययनमा समावेश गरेको थियो। जो इन्टसमिटेन्ट फास्टिङ्गमा थियो। उनीहरू २४ घन्टामा १२ देखि १६ घन्टा खाना खाने र ८ घन्टा खाना नखाने थिए। त्यस्ता व्यक्तिहरूमा मुटु सम्बन्धी रोग र क्यान्सरको जोखिम उच्च देखिएको अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनको अन्तिम नतिजा भने सार्वजनिक नभएको हुँदा यस विषयमा अहिले नै कुनै नतिजामा पुग्न नसकिने पनि जानकारहरूले बताएका छन्।

मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलले अध्ययनको नतिजा चिन्ताजनक रहेको बताएका छन्। तर, अध्ययनको अन्तिम निस्कर्ष आउन बाँकी रहेकाले अहिले नै यसलाई मानेर कुनै नतिजामा पुग्नु उचित नरहेको उनको भनाइ छ।

फास्ङ्गि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने मान्यतालाई आफूले पनि मान्दै आएकोले अमेरिकन हार्ट एशोसिएसनको उक्त अध्ययनबारे थप छलफल हुन बाँकी रहेको हुँदा नआत्तिन पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖