• Wednesday 7th of October 2026

भारतको सर्वोच्च अदालतद्वारा बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध अवहेलना नोटिस जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको सर्वोच्च अदालतले ‘भ्रामक’ विज्ञापनको मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णलाई अवहेलनाको नोटिस जारी गरेको छ ।

सर्वोच्च अदालतले ‘झूटा’ र ‘भ्रामक’ विज्ञापनसम्बन्धी मुद्दामा जारी गरेको अवहेलनाको नोटिसको जवाफ नदिएको भन्दै पतञ्जलि आयुर्वेदका संस्थापक स्वामी रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ ।

सर्वोच्चले नोटिस जारी गर्दै दुवैलाई अर्को मितिमा हाजिर हुन आदेश दिएको छ ।

न्यायाधीश हिमा कोहली र न्यायाधीश अहसानुद्दीन अमानुल्लाहको दुई सदस्यीय इजलासले कम्पनीलाई अवहेलनाको नोटिसको जवाफ नदिनुको कारण सोधेको हो।

वास्तवमा यो मामिला पतञ्जली आयुर्वेद औषधिको बारेमा प्रसारित विज्ञापनमा भ्रामक दाबी गर्नेसँग सम्बन्धित छ।

पहिले जारी गरिएको अवहेलना नोटिसपछि पतञ्जलिका वकिलले गत नोभेम्बरमा अदालतलाई आफ्नो कम्पनीले आफ्नो विज्ञापनमा ‘भ्रामक’ दाबी नगर्ने आश्वासन दिएका थिए। यसका बाबजुद पनि त्यस्ता दाबीहरु जारी रहे ।

मंगलबार, जब अदालतलाई अवहेलना नोटिसको जवाफ नपाएको भनिएको थियो, अदालतले बाबा रामदेवलाई अवहेलना नोटिसको जवाफ दिन र अदालतमा उपस्थित हुन आदेश दियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖