• Tuesday 6th of October 2026

‘रामायण’ मा लक्ष्मण बन्दै रवि!


  • धनकुटा खबर
  • .

निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ स्टार कास्टको कारण चर्चामा छ।

फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिनेछन्। त्यस्तै हनुमानको भूमिकामा सनी देओल, कुम्भकर्णको भूमिकामा बबी देओल र रावणका भाइ विभीषणको भूमिकामा विजय सेतुपति देखिने चर्चा छ। यसैबीच लक्ष्मणको भूमिकामा अभिनेता रवि दुबे देखिने भएका छन्।

भारतीय सञ्चारमाध्यम इ टाइम्सका अनुसार उनले औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्। रवि भारतीय टेलिशृंखलाका चर्चित अभिनेता हुन्। उनले टेलिशृंखला ‘जमाई राजा’ बाट सर्वाधिक चर्चा पाएका थिए। उनी वेब सिरिज ‘लखन लीला भार्गव’ मा २८ मिनेट देखिएका थिए। जसमा उनले निकै तारिफ बटुलेका थिए।

निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।
यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖