• Wednesday 7th of October 2026

रुसमा आतंकवादी हमला : यसअघि नै अमेरिकाले दिएको थियो चेतावनी


  • धनकुटा खबर
  • .

मस्को । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चलेको घटना भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । यता युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई निर्देशन दिएको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमा भएको आक्रमणमा मारिएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गरेका छन्, ‘हामी मस्कोमा भएको जघन्य चरमपन्थी हमलाको कडा निन्दा गर्छौँ। हाम्रो प्रार्थना पीडित परिवारसँग छ। दुःखको यस घडीमा भारत रुसी सरकार र त्यहाँका जनताको साथमा छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖