• Tuesday 6th of October 2026

दिलिपकुमारले अस्विकार गरेकाे फिल्मले जितेकाे थियाे ७ अस्कर अवार्ड


  • धनकुटा खबर
  • .

मुम्बई। बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्।

दिलिपकुमारले ले ७ ओस्कर अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए। सन् १९६२ मा प्रख्यात निर्देशक डेभिड लीनले आफ्नो फिल्म ‘लरेन्स अफ अरेबिया’ मा प्रिन्स शेरिफ अलीको चरित्रका लागि भारतीय अनुहार खोजिरहेका थिए।

डेभिड लीनले यस भूमिकाका लागि दिलीपकुमारलाई सम्पर्क गरे तर उनले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए। दिलीप कुमारले यसको कारण भनेका थिए कि उनले हिन्दी सिनेमामा जति भूमिका पाइरहेका छन्, त्यही मापनमा भूमिकाको मूल्यांकन गरेका छन्। दिलीपकुमारले आफूलाई प्रमाणित गर्न वा सन्तुष्ट हुन हलिउडको आवश्यकता नरहेको महसुस गरे। उनले आफ्नो करियरमा कुनै पनि विदेशी फिल्ममा काम गरेनन्।

तर, दिलिपकुमारले काम गर्न अस्वीकार गरेको फिल्म ३५ औं ओस्कर अवार्डमा १० विधामा मनोनित भएको थियो। जसमध्ये फिल्मले ७ ओस्कार अवार्ड पाएको थियो।

बलिउडमा दिलीप कुमारलाई ट्र्याजेडी किङ पनि भनिन्छ । यसको कारण हो उनका केही चलचित्र। उनले आफ्नो करियरमा केही यस्ता फिल्म गरे, जसका कारण उनको नाम ‘ट्र्याजेडी किङ’को रुपमा चिनिन थाल्यो । उनले धेरै फिल्ममा यस्ता भूमिका गरेका थिए, जसका कारण उनले यो नाम पाएका हुन्।

उनको फिल्मका केही पात्र यस्ता थिए, जसका कारण उनी तनावमा परे र उनको उपचार पनि गराएका थिए। उनी अन्तिम पटक सन् १९९८ मा आएको फिल्म ‘किला’ मा देखिएका थिए। दिलीप कुमारलाई सन् १९९४ मा दादासाहेब फाल्के अवार्ड र २०१५ मा पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖