• Tuesday 6th of October 2026

होली उत्सवमा मेयर बालेन साहको र्‍याप


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन साहले वसन्तपुरको होली उत्सवमा र्‍याप गाएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर दरबार मार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन् ।

महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका हुन् ।

‘आफ्नै कार्यक्रम सफल बनाउन होलीको सेलिब्रेसन गर्नुभएको हो । दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन्,’ बालेनको एक सचिवालय सदस्यले भने ।

छोटो र्‍याप हानेपछि उनले भीडमा सहभागीलाई सोधे, ‘यहाँ कति बजेसम्म बस्नुहुन्छ तपाईंहरू ? रातभरि बस्नुस्, काठमाडौंमा रातभरि होली मनाउन पाइन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖