• Tuesday 6th of October 2026

शिलाजीत खानुका यस्ता फाईदा…


  • धनकुटा खबर
  • .

हिमाली तथा पहाडी क्षेत्रका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो ।

शिलाजीत पत्थर पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दा खेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चम्किलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ।

आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रूपमा मानिन्छ । यसलाई जडीबुटीहरूको राजा पनि मानिएको छ ।

बल पुष्टिकारक, ओज वर्द्धक र दौर्बल्यनाशक जस्ता गुणहरू शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरूको लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

यौन दुर्बलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन् । शिलाजीत गहुतरगोमत जस्तो गन्ध आउँछ।

शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ । शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँच सय मिलिग्राम अर्थात् लोकल केराउको दाना जति चम्चामा राखेर दूधसँग खाने गर्नुपर्छ। दूधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दूध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ ।

यसको उचित प्रयोगले मानव शरीरमा लाग्ने आन्तरिक तथा बाह्य रोग निर्मूल हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

शिलाजीतका औषधीय गुणहरू :

– मधुमेहका बिरामीले शिलाजीतको नियमित सेवन गर्दा धेरै लाभ पुर्‍याउँछ ।

– कुनै पनि पिसाबसम्बन्धी समस्याहरू शिलाजीतको प्रयोगबाट निर्मूल पार्न सकिन्छ ।

– वृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोरीमा पनि शिलाजीतको प्रयोग उत्तम मानिन्छ ।

– यौन दुर्बलता वा यौन क्षमता कमजोर छ भने पनि यसको प्रयोग उपयुक्त मानिन्छ । यसले कुनै पनि साइडइफेक्ट गर्दैन ।

कस्तो अवस्थामा प्रयोग गर्नुहुँदैन ?

– पित्त प्रकोप ९एसिडिटी० वा अम्लपित्तबाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ता, अङ्गमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

– शिलाजीत सेवान गर्दा रातो खुर्सानी, तातो खान र पेय पदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖