• Tuesday 6th of October 2026

यस्ता छन् गर्भवती महिलाले खानैपर्ने खानेकुराहरु


  • धनकुटा खबर
  • .

गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन्।

कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । यो अवस्थामा खानपानदेखि लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ ।

खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त अझ बढी ध्यान दिनुपर्छ । यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् । धेरै दिन सम्ममा राखेको खानमा किटाणुहरु हुन्छ । किटाणुहरुले बच्चामा असर गर्छ । त्यही कारणले पनि यो अवस्था खानेकुराको बढी ध्यान दिनुपर्छ ।

यस्ता छन् गर्भवती महिलाले खानैपर्ने खानेकुराहरु :

१. होल ग्रेन

होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ ।

२. ओखर

ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ ।

३. दही

दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पु¥याउँछ ।

४. गाढा हरियो सागसब्जी

पालुंगोजस्ता सागसब्जी पनि गर्भवतीका सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ ।

५. बोसोरहित मासु

बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ ।

तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।

६. विभिन्न रंगका फलफूल तथा तरकारी

हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ

७. अण्डा

अण्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गर्भवस्थामा अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ ।

कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पु-याउँछ । यसका साथै यसले न्युरल ट्युबका समस्या पनि हुन दिँदैंन ।

८. साल्मोन

गर्भको शिशुको स्वस्थ विकासका लागि ओमेगा ३ फ्याटी एसिड महत्वपूर्ण मानिन्छ । यसले आमाको मूड पनि सकारात्मक बनाउँछ । सामुद्रिक खानामा कम मक्र्युरी हुने भएकाले हरेक साता खाने सल्लाह दिइन्छ ।

९. गेडागुडी

गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो ।

यिनै तत्वहरु गर्भावस्थामा चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ ।

१०. सखरखण्ड

सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖