• Monday 5th of October 2026

सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन, भ्रष्टाचारविरुद्व अन्तिम समयसम्म लड्ने छु :प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं,२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेपछि त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा सोमबार उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्। आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।,‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु ।’

प्रधानमन्त्री दाहालले आफुले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए । उनले सामाजिक न्ययको लाीग देश बाहिर रहेका युवाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्व हुने निर्णय गरेको बताए ।

दाहालले भने,‘अहिले ३ लाख विदेशमा रहेका युवाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । अब ३ वर्षमा २५ लाख विदेशमा रहेका युवाहरु कोषमा आवद्व हुने छन् यो समाजवादको भ्रुण रोपिएको हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖