• Wednesday 7th of October 2026

मुख्यमन्त्री केजरीवाललाई थप चार दिन थुनामा राख्न आदेश


  • धनकुटा खबर
  • .

नयाँदिल्ली । राउज एभेन्यु अदालतले बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तःशुल्क नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप गरेको छ ।

अनुसन्धानका क्रममा अहिले मुख्यमन्त्री केजरीवालको श्रीमतीको मोबाइलको विवरणमाथि विश्लेषण भइरहेको छ । सन् २०२४ मार्च २१ मा केजरीवालको घरबाट बरामद गरिएका अन्य चार डिजिटल उपकरणहरूको पासवर्डहरू उपलब्ध गराउन केजरीवालले आफ्नो वकिलहरूसँगको परामर्शका लागि समय माग गरेकाले विवरण प्राप्त हुन रहेको भन्दै अनुसन्धानका लागि प्रवर्तन निर्देशनालय (इडी)ले थप चार दिनको म्याद थपको माग गरेको हो ।

राउज एभेन्यु अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले अप्रिल १ सम्मका लागि म्याद थप गरेका थिए। दिल्ली जिल्ला अदालतको आदेश अनुसार केजरीवाललाई मार्च २८ सम्मका लागि इडीको हिरासतमा पठाइएको थियो ।

अनुसन्धान एजेन्सीले जारी गरेको नौवटा समाह्वानलाई गैरकानुनी भनी बेवास्ता गरेपछि बिहीबार साँझ इडीले अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖