• Tuesday 6th of October 2026

महिलाले कसरी गर्छन हस्तमैथुन !


  • धनकुटा खबर
  • .

एजेन्सी । हस्तमैथुन यौन सुख प्राप्त गर्ने सबैभन्दा सजिलो यौन क्रियाकलापको रुपमा रहेको पाइन्छ । अझै पनि समाजमा हस्तमैथुन गर्नु धार्मिक रुपले अपराध जस्तै मानिन्छ । यौवनावस्थामा पुगेका महिलाहरुले आफ्नो क्लइटरिस (भगसेफ) वरीपरीको भागमा स्पर्श गरेर हस्तमैथुन गर्ने गर्छन् ।

किशोरावस्थामा गरिने यौन क्रियाकलापमध्ये हस्तमैथुन दोश्रोमा पर्दछ । युवतीहरु प्राय हस्तमैथुन गर्ने गर्दछन् । यौन स्वास्थ्य व्यवहारको अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार १४ देखि १७ वर्ष उमेरमध्ये ४८ प्रतिशत युवती र ७३ प्रतिशत युवकले हस्तमैथुन गर्ने गरेका देखिएको छ । त्यस्तै २५ देखि २९ वर्ष उमेरकाले ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषहरुले विवाह गरेपनि हस्तमैथुन गर्ने गर्दछन् । महिलाहरुले कस्तो प्रकारको हस्तमैथुन गर्छन ? महिलाहरुले हस्तमैथुन गर्नका लागि नयाँ नयाँ तरिका वा विधिहरु अपनाउने गरेका पाइन्छन् ।

तर, आम रुपमा हातले क्लाइटोरल (यौनअंगको गोलाकार भाग) अगाडि पछाडी वा तल माथि स्पर्श गरेर यौन आनन्द लिने गर्दछन् भने केही महिलाहरुले बेडमा सुतेर तकिया (सिरानी) ले दुई तिघ्रा रगडेर योनीको तल्लोपट्टि हुने पेल्विक फ्लोर मांशपेशीलाई उत्तेजित गरेर पनि हस्तमैथुनबाट यौनसुख प्राप्त गर्दछन् । त्यसैगरी केही महिलाहरुले यौनअंगभित्र हातको वा कृत्रिम सेक्स टोयज औला छिराएर यौन आनन्द लिने गर्दछन् । हस्तमैथुनका फाइदाहरु अधिकांश किशोरीहरुको मनोसामाजिक विकासमा हस्तमैथुनले सकारात्मक भूमिका निभाउने गर्दछ ।

हस्तमैथुनका कारण उनीहरुले कस्ता कुराहरुले सन्तुष्टि दिन्छ भन्ने थाहा पाउँदा मानसिक तनाव अन्त्य हुन्छ । आफ्नो यौन प्रतिक्रिया र यौन उत्तेजनाको बारेमा पनि जानकार हुन्छन् । किशोरावस्थामा भावनात्मक रुपमा परिपक्व हुने समयमा यौन हस्तमैथुनले यौन सम्बन्धको जिज्ञासाहरुको बारेमा जानकार रहन्छन् । हस्तमैथुनले सकारात्मक आत्मीयताको अनुभव प्रदान गर्नुको साथै यौन सन्तुष्टिमा वृद्धि गर्न सक्छ ।

हस्तमैथुनका वेफाइदाहरु हस्तमैथुन आफैमा हानिकारक होइन । यद्यपी आवश्यकता भन्दा बढी भयो भने यसले वेफाइदा पनि गर्नसक्छ । पटक पटक हस्तमैथुनमा संलग्न रह्यो भने जीवनमा असहजता उत्पन्न गर्नेतर्फ पनि सचेत गराइएको छ ।

हस्तमैथुन गर्दा अपनाउनु पर्ने सावधानी योनी आफैमा एक संवेदनशील अंग हो । यौन प्यास मेटाउने नाउँमा हस्तमैथुन गर्दा धेरै जोडसँग योनीलाई रगड्नुहुँदैन । योनीमा औला या कुनै वस्तु छिराउनु अघि ती वस्तुहरु सफा भए नभएको ख्याल गर्नुपर्छ । फोहोर वा संक्रमित वस्तुहरु छिराउँदा योनीमा संक्रमण पनि आउनसक्छ । यस्तो हानीबाट बच्नको लागि हात अथाव सेक्स टोयजहरु साबुन पानीले सफा गरेर मात्र प्रयोग गर्नुपर्छ ।

धारिलो तथा कडा वस्तुको प्रयोग गर्नुहुदैन । त्यस्ता वस्तुहरुले योनीमा चोट पुग्न सक्ने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउनु आवश्यक छ । हस्तमैथुन गर्दा फलफूल तरकारीको प्रयोग गर्नुहुँदैन । त्यसो गर्दा एउटा संक्रमणको खतरा रहन्छ भने अर्कोतर्फ ती चिजहरु भित्रै टुक्रिने र रहने पनि हुनसक्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖