• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाँच पटकको च्याम्पियन मुम्बई सिजनको पहिलो जितको खोजीमा


  • धनकुटा खबर
  • .

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । यी दुईबिचको १७औँ सिजनको १४औँ खेल साँझ ७ः४५ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

मुम्बई हेड टु हेडमा अगाडि
आईपीएलमा मुम्बई र राजस्थानबिच २८ खेल खेलिएको छ । मुम्बईले १५ र राजस्थानले १२ मा जित हासिल गरेको छ। एक खेल भने अनिर्णीत रह्यो ।

दुई टोलीबिचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो । जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो ।

दुई टोलीबिच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । मुम्बईले वानखेडे स्टेडियममा खेलेको ७८ खेलमा ६१% अर्थात् ४८ खेल जितेको छ। टोली मात्र २९ रनमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖