• Monday 5th of October 2026

धामी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

दार्चुलाः दार्चुलामा एक पुरुष आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्लासैन का ३० वर्षका नरेन्द्र सिंह धामी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङ घर भएर हाल महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्लासैन हरिदत जोशीको घरमा कोठा भाडामा बस्ने धामी आइतबार १ः४५ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

धामीले आत्महत्या किन गरे त्यसको कारण भने खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारि दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖