• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ऋषव पन्तलाई १९ लाख जरीवाना


  • धनकुटा खबर
  • .

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ। आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो।

पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन्। आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो। टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो। यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो।

आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको थियो । चेन्नईविरुद्धकै खेलमा गिललाई पनि स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖