• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वुल्भ्सविरुद्ध विपीनले लिए एकै ओभरमा दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका विपीन खत्रीले एकै ओभरमा दुई विकेट लिए ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याइरहेको वुल्भ्सले चौथो ओभरमा दुवै ओपनरलाई गुमाएको हो । विपीनले ओभरको दोस्रो बलमा जेम्स म्याकुलम र पाँचौँ बलमा रस अडायरलाई पभेलियनको दिशा देखाए ।

जारी खेलको चार ओभर सकिँदा वुल्भ्सले दुई विकेट गुमाएर ४१ रन बनाएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖