• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गुजरातविरूद्ध नेपाली टिममा दुई परिवर्तन


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपाली टिममा दुई परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरी र करण केसीको स्थानमा विवेक यादव र प्रतिश जिसीले स्थान पाएका छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा।

यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।

गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ।

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ।

टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖