• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भारतमा नेपालको शानदार सुरुवात,कुशल र आसिफको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले एसएमएस फ्रेन्डसिप कपमा गुजरातविरुद्ध अर्धशतक प्रहार गर्दै शानदार सुरुवात दिलाएका छन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा कुनै विकेट नगुमाई ११९ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल ४१ बलमा ८ चौका र २ छक्कासहित ६१ रनमा क्रिजमा छन् । आसिफ शेख ३७ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनमा नट आउट छन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी र करण केसीलाई विश्राम दिएको छ । विवेक यादव र प्रतिश जिसीले आज खेल्ने मौका पाएका छन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ ।

उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖