काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्डको छैटौँ विकेट मौसम ढकालले लिएका हुन् ।
उनले आयरल्यान्डका सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । १३.४ ओभरमा फियोन आउट हुँदा आयरल्यान्डले केवल ५० रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
