• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हैदरावादसँग खेल्न धोनी र मस्ताफिजुर बिनै मैदान उत्रदै चेन्नइ!


  • धनकुटा खबर
  • .

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ। हैदरावादमा हुने चेन्नई र सनराइजर्सबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

आजको खेलमा चेन्नई जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने सनराइजर्स पनि जितको खोजीमा हुनेछ। हालसम्म ३ खेल खेलेको साविक विजेता चेन्नई १ मा पराजित र २ मा विजयी हुँदै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ। समान ३ खेल खेलेको सनराइजर्स भने १ मा विजयी र २ मा पराजित हुँदै अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

आजको खेलमा भने चेन्नई आफ्नो स्टार बलर बिनै मैदान उत्रदैछ। जारी सिजनमा हालसम्म सबैभन्दा धेरै विकेट लिएका मुस्ताफिजुर रहमानले आजको खेल गुमाउने छन्। बङ्गलादेशका रहेका उनी आईपीएलमा चेन्नईको तर्फबाट खेलिरहेका छन्।

आगामी जुनमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अमेरिकी भिसा लिने प्रक्रियाका लागि उनी बङ्गलादेश गएकाले आजको खेलमा उनले खेल्ने सम्भावना न्यून रहेको बताइएको छ।

यस्तै चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि आजको खेल गुमाउन सक्ने आँकलन गरिँदैछ। पछिल्लो म्यचाको क्रममा उनको देब्रे खुटामा चोट लागेका कारण उनले आजको खेल खेल्ने वा नखेल्ने टुङ्गो लागेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖