• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं — नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो। दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो।

सिरिज गुमाइसकेको हुँदा आज नेपाल क्लिनस्विपबाट बच्न चाहन्छ। नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनु पर्ने हुन्छ ।

नेपालको सिनियर टोलीले आज नै भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग खेल्दैछ। खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖