• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

साहबले दिलाए नेपाल ‘ए’ लाई दोस्रो सफलता


  • धनकुटा खबर
  • .

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग सुरु गरेको नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सको दोस्रो विकेट आउट गरेको हो।

साहब आलमले नेपाल ‘ए’ लाई दोस्रो सफलता दिलाएका हुन्। उनले आयरल्यान्ड वुल्भ्सका पिटर मूरलाई ४४ रनमा आउट गरेका हुन्।

यसअघि नेपाल ‘ए’ का विकास आग्रीले जेम्स म्याकुलमलाई ९ रनमा आउट गरेका थिए।

१५ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्स जम्मा २ विकेट गुमाएर ९८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖