• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ क्रिकेट टिमलाई तेस्रो एकदिवसीय खेलमा २८५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा २८४ रन बनायो।

आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै पिटर मूरले ४४ रन बनाए।

बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए।

यसअघिका दुवै एकदिवसीय खेलमा पराजित भइसकेको नेपालले सिरिज गुमाइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖