• Sunday 4th of October 2026

गाईजात्रा कार्यक्रमको भिडिओ चोर्ने युट्युब र अन्य सामाजिक सञ्जाल अकाउन्टमाथि कारबाही हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । मनोज गजुरेलसहित विभिन्न कलाकारहरूको प्रस्तुति रहेको गाईजात्रा २०८० कार्यक्रमका भिडिओ अनुमति बिना युट्युबसहित अन्य सामाजिक सञ्जालमा अपलोड भएपछि सो कार्यक्रमको आयोजक ब्रान्डवर्थ प्रालिले पाइरेटेड भिडिओहरूमा प्रतिलिपि अधिकार दाबी (कपिराइट क्लेम) गर्न थालेको छ ।

सामाजिक सञ्जालमा एक पोस्टमा गर्दै कलाकार गजुरेलले चोरेर राखिएका त्यस्ता भिडिओहरूमा कपिराइट क्लेम गरिएको जानकारी दिए । उनले भिडिओ कन्टेन्ट चोरी गर्ने व्यक्तिहरूलाई उनीहरूको व्यक्तिगत साइट र नेटवर्कबाट पाइरेटेड भिडियोहरू हटाउन आग्रह पनि गरेका छन् ।

साथै उनले अनुमति बिना भिडियो शेयर गर्नेलाई आयोजकले कानूनी कारबाही गरिरहेको पनि उल्लेख गरे ।

गजुरेलले लेखेका छन्, ”कन्टेन्ट क्लेम ! हाम्रो कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्रालिले उसका पाइरेटेड भिडिओहरुमा कपिराइट क्लेम गरिरहेको छ । आफ्नो पेज तथा च्यानलमा स्ट्राईक आउनुअघि नै निजी साइट र सन्जालबाट भिडियो हटाइदिनु अनुरोध छ । सम्पूर्ण शुभचिन्तकहरुका लागि युट्युबको youtube.com/GajuReal तथा facebook.com/majurel मा सबै भिडिओहरु नि:शुल्क उपलब्ध छन् । धन्यवाद ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖