• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आयरल्याण्ड ए विरुद्द अर्जुन कुमालको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध अर्धशतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले २१औं ओभरको पहिलो बलमा चौकासँगै ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖