• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फाइनलमा नेपालले गुजरातलाई दियो १ सय ७७ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए ।

बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।
लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖